काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य (एसडिजी)हरुको कार्यानवयमा तिव्रता दिनुपर्ने बताएका छन् । न्युयोर्कमा जारी उच्च स्तरीय राजनीतिक फोरममा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्वोधन गर्दै अल्पविकसित देशहरुको लागि दोहा कार्ययोजनाको समयमा नै पुर्ण रुपमा कार्यान्वयनको सुनिश्चितता गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न अल्पविकसित देशहरुलाई सहयोग गर्न आग्रह गरेका हुन् ।
उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा पनि जोड दिए । ‘अल्पविकसित देशहरु विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, ति देशहरु सफल भएमा मात्र दिगो विकासको लक्ष्य सफल हुन्छ । ’उपाध्यक्ष श्रेष्ठले भने ।
उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो । उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन् ।
प्रतिक्रिया