वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एयरपोर्ट भन्सार जाँचपास भएर बाहिरिएको एक क्वीन्टल सुन बरामद

अर्थटुडे
२०८० श्रावण ४, बिहीबार

काठमाडौ । भन्सार पास गराएको करिव एक सय किलो सुन राजस्व विभागले फेला पारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको सो परिणामको सुन राजस्व अनुसन्धान विभागले बुधबार सिनामंगलबाट बरामद गरेको हो । नेपालमा हालसम्म बरामद भएको यो नै सवैभन्दा बढी परिणामको सुन हो । सो सुन मंगलबार क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौ आएको थियो ।

राजस्व विभागका अनुसार बुधबार सो सुन मोटरसाइकल र स्कुटरको ब्रेक शु भित्र लुकाएर ल्याएको र भन्सार जाँचपास भई करिव २ बजे कटेको थियो । सो सुन हङकङबाट आएर भारततर्फ तस्करी गरेर लैजान लागिएको जानकारी भएको विभागले जनाएको छ ।

भन्सार जाँचपास भएर सिनामंगल पुगेको सुनको बारमो भन्सार विभाग र विभानस्थल भन्सार कार्यालय अनभिज्ञ रहेको पाइएको छ । विभागका महानिर्देशक शोभाकान्त पौडेल र कार्यालयका निमित्त भन्सार प्रमूख नारद गौतम दुवैलाई सो सुनबारे जानकारी छैन ।

यसअघि २०७४ सालमा चुडामणि उप्रेती ‘गोरे’ नेतृत्वको समूहले यूएईबाट ९ माघ २०७४ मा ल्याएको ३३ किलो सुन हराएको थियो । खोजीका क्रममा भरिया सनम शाक्य मारिएपछि सुरु भएको अनुसन्धानपछि गम्भीर मोड लिएको थियो । हाल गोर जेलमा छन् ।

८ पुस २०७९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचका क्रममा एक जना सुडानी नागरिकको साथबाट १९ किलो सुन बरामद गरेको थियो । थप अनुसन्धानका लागि भन्सारले सुनसहित पक्राउ परेका सुडानी नागरिकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को जिम्मा लगाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ