काठमाडौ । राष्ट्रिय सहकारी बैंकले आफ्ना सदस्य संस्थाहरुलाई कुनै प्रकारको भ्रममा नपर्न आग्रह गरेको छ । बैंकले विज्ञप्ति जारी गर्दै पछिल्लो समयमा बैंक तथा बैंकका अध्यक्ष केवी उप्रेतिका बारेमा सार्वजनिक भएका समाचारप्रति बैंकको ध्यानाकर्षण भएको जनाउदै त्यस्ता समाचारको पछि नलाग्न आग्रह गरेको हो ।
बैंकले त्यस्ता समाचारले सरोकारवाला निकायहरुमा भ्रम पैदा गर्ने कोसिस भएको भन्दै समाचार र त्यसका आधारमा हुने गरेको चर्चाको पछि नलागी बैंकको बारेमा सत्यतथ्य बुझेर धारणा बनाउनसरोकारवाला निकायहरुलाई आग्रह गरेको छ ।
त्यस्तै बैंकले आफ्नो सदस्य संस्था सगरमाथा बहुदेश्यीय सहकारी संस्था र त्यसको एकीकरणको बारेमा प्रकाशित समाचारको बारेमा पनि स्पष्टिकरण दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘पाँचवटा सदस्य संस्थाहरु मिलेर नयाँ बनेको सगरमाथा बहुदेश्यीय सहकारी संस्थालाई दिएको कुल ऋण करिव एक अर्ब पुगेको हो ।’ सवै सहकारीको एकीकरण पुर्वकै बैंकसँग ऋण रहेको र सगरमाथाको भने जम्मा २८ करोड मात्र ऋण रहेको बैंकको दावी छ ।
त्यस्तै बैंकले ति पाँचवटै सदस्य सहकारीहरुको ऋण तीन बर्षभित्रमा नै आ –आफैले तोकिएको सिमा भित्र राख्ने सहमतिमा सहकारी विभागले एकीकरणको स्वीकृति दिएको पनि स्पष्ट पारेको छ । त्यस्तैगरी बैंकले अध्यक्ष उप्रेति विज्ञ सदस्यको रुपमा ‘सहकारी क्षेत्र सुधार सुझाव कार्यदल २०८०’ को बिज्ञ सदस्य (वित्त विश्लेषक)को लागि पनि योग्यता पुगेको दावी गरेको छ ।
विज्ञप्तिका अनुसार उप्रेतिले १५ बर्षसम्म बैंकको प्रबन्ध संचालक हाल दोस्रो कार्यकाल बैंकको अध्यक्ष, सहकारी विकास बोर्डमा विज्ञ संचालक, राष्ट्रिय सहकारी महासंघमा लेखा सुपरिवेक्षण समितिको संयोजक तथा हाल संचालकको रुपमा काम गरेकोले पनि उनको योग्यता पुगेको छ ।
प्रतिक्रिया