काठमाडौं । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि. स्वावलम्बन विकास केन्द्र प्रदान गर्ने ‘उत्कृष्ट लघुउद्यमशीलता विकास पुरस्कार–२०८०’ बाट पुरस्कृत भएको छ । लघुवित्त सदस्यहरुमाँझ उद्यमशीलता विकासमा उत्कृष्ट काम गरेवापत संस्थालाई १ लाख राशिको यो पुरस्कार प्रदान गरिएको हो ।
स्वावलम्बन विकास केन्द्रको ३२ औं वार्षिक उत्सवको असरमा आईतबार आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रमाणपत्र सहित पुरस्कार हस्तान्तरण गरे । झापाको चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा २०८० असार ससान्तसम्म १ लाख ५७ हजार ६०६ जना सदस्य रहेका छन् ।
१ अर्व ६३ करोड १४ लाख ५२ हजार एक सय रुपैया शेयर पुँजी रहेको संस्थाको जगेडा कोषमा १ अर्व ११ करोड २१ लाख ६६ हजार ८४० रुपैया छ ।संस्थाले १० अर्व ९७ करोड ९० लाख ४७ हजार २०१ रुपैया बचत संकलन तथा ११ अर्व २० करोड ५५ लाख ७७ हजार ५२५ रुपैया लगानी गरेको छ । संस्थाले बचत ऋणका साथसाथै शिक्षा, स्वास्थ्य, विपन्न परिवारको आवास निर्माण, उद्यमशिलता विकासलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
प्रतिक्रिया