वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गत बर्ष १२ खर्ब २० अर्व रेमिट्यान्स भित्रियाे

अर्थटुडे
२०८० भाद्र १, शुक्रबार

काठमाडाै । गत आर्थिक वर्षमा विदेशमा बस्ने नेपालीहरुले रेमिट्यान्समार्फत १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएको छ । अघिल्लो आर्थिक वर्षमा ४.८ प्रतिशतले रेमिट्यान्स बृद्धि भएकोमा गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको हो ।

यसैगरी गत आर्थिक वर्षमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

कोभिड–१९ को महामारी कम भएसँगै बैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या बृद्धिले रेमिट्यान्समा सकारात्मक असर गरेको हो ।

गत आवमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष पनि बैदेशिक रोजगारीमा जानेको संख्या ३९२ प्रतिशतले बढेको थियो ।

यसैगरी रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ