पछिल्लो समयमा दिनानुदिन रोजगारी गुमाइरहेका नेपालीहरुलाई सरकारले महंगी उपहार दिएको छ । नेपाल आयल निगमको शनिवार बसेको संचालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
निगम सञ्चालक समितिको बैठकले खान पकाउने ग्यास प्रतिसिलिण्डर २१५ रुपैयाँ, पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँले बढाउने निर्णय गरेको हो । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । त्यस्तै पेट्रोल प्रतिलिटर १८५, डिजेल प्रतिलिटर १७९ रुपैयाँ, हवाइ इन्धन आन्तरिक तर्फ १४४ र अन्तराष्ट्रिय तर्फ १.०९५ अमेरिकी डलर कायम भएको छ ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धिसँगै ढुवानी लगायतमा भाडा बढ्दा सम्पुर्ण सामानको नै मुल्यबृद्धि हुने गरिवीलाई झन् गरिवीतिर धकेल्ने छ । बढेको मूल्य शनिबार राति १२ बजेपछि लागू हुनेछ ।
प्रतिक्रिया