वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सिमित व्यक्तिकाे पहुँचमा मात्र सुचना हुदा सर्वसाधरणकाे लगानी जाेखिममा ः अर्थमन्त्री महत 

अर्थटुडे
२०८० आश्विन १५, सोमबार

अर्थमन्त्री डा. प्रकाशशरण महतले सिमित व्यक्तिकाे हातमा मात्र सुचना हुदा उनीहरूले बजारलाइ म्यानुपुलेट गर्दा सर्वसाधरणकाे लगानी जाेखिममा परेकाे बताएका छन् । उनले अव ब्राेकरकाे संख्या बढ्दा म्यानुपुलेट कम भएपनि सुचना  लिक हुदा पहुँचवालाले मात्र कमाउने गरेकाे बताए । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वर्ल्ड इन्भेस्टर विक–२०२३ का अवसरमा आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उनले सर्वसाधरणकाे लगानी सुरक्षाा गर्नु जरूरी छ ।

मन्त्री डा. महतले भने, ‘सेयर बजारबाट आम लगानीकर्ताले फाइदा लिन पाए भने मात्र यसबाट केही हुने रहेछ भनेर लगानी गर्न अग्रसर हुन्छन् । आम सर्वसाधारणको लगानी सुरक्षित गर्न जरुरी छ । अहिले चिन्ताको विषय चाहिँ त्यही हो ‘। उनका अनुसार धिताेपत्रबजारमा चुहिने, इनसाइडर ट्रेनिङ हुने प्रवृत्ति देखिएको छ, धितोपत्र बोर्डले यसलाई नियमनको दायराभित्र ल्याउनुपर्छ ।

’मन्त्री डा. महतले, ‘बढाइचढाइ गरेर आम लगानीकर्तालाई प्रभाव पार्ने प्रवृत्ति छ । त्यसैले लगानीकर्तालाई धितोपत्र बोर्डले साक्षर बनाउनुपर्ने धारणाा राख्दै महतले ’ स्वस्थ्य प्रतिस्पर्धाको वातारण निर्माण गर्न पनि जरुरी रहेको बताए ।

उनले भने,’पहिला सीमित ब्रोकर मात्र थिए, अहिले ब्रोकरको संख्या बढेको छ, अब मनोपलाइज न्यून हुँदै जानेछ । यसको फाइदा आम लगानीकर्ताले प्राप्त गर्ने छन्’। ’लगानी साक्षरता कमजोर रहेको तर्फ औंल्याउँदै लगानीका नयाँ तौरतरिका विकसित भइरहेकाे मन्त्री डा. महतले जानकारी दिए ।

उनले च्याटबोर्डको शुभारम्भ भएको जानकारी दिँदै मन्त्री डा.महतले भने, ‘यो बोर्डले सेयर बजारका विषयमा जिज्ञासा, जानकारी र गुनासोलाई तत्काल सम्बोधन सक्ने सहज प्लेटफर्मको प्रारम्भ भएको छ । यसको सबैले उपयोग गर्नु हुनेछ।

‘सूचना क्रान्तिले नयाँ अवसरसँगै चुनौति पनि आउँछन् । यससँगै हामीले आफूलाई तयारी राख्नुपर्छ । यसो भए मात्र लगानीकर्ता सुरक्षित हुन्छन् । यसैका लागि नियमनकारी निकाय धितोपत्र बोर्ड गठन भएको हो ।’

मन्त्री डा. महतले भने, ‘सेयर बजारमा जुन प्रवृत्ति छन्, सीमितले मात्र यो बजार बुझ्छन्, उनी यसमा खेल्न सिपालु छन् । उनीहरुले यसबाट प्रशस्त फाइदा उठाउँछन् । कुन बेला तल झार्ने, कुन बेला माथि पुर्याउने, कुन बेला के गर्दा फाइदा हुन्छ र, आम लगानीकर्ता बिलखबन्दमा पर्ने अवस्था नेपालमा विद्यमान छ ।’

सेयर बजार अहिले तल झरेको छ, त्यसका विविध कारण रहेको र रेगुलेसन, माइक्रो म्यानेजमेन्टमा समस्या आएको मन्त्री डा. महतले बताए । उनले यसको समाधान हुँदै जाने र सेयर बजारका लागि केही निर्णय चाडै आउँछ भन्ने विश्वास रहेकाे पनि जानकारी दिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ