वि.सं. २०८१ कार्तिक २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भ्रष्टाचार गरेको आरोपमा उद्योग सचिव मरासीनी सहित ९ जनामाथि अख्तियारद्धारा मुद्धा दर्ता

अर्थटुडे
२०८० आश्विन १५, सोमबार

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी सहित ९ जना विरुद्ध नेशनल पेमेन्ट गेटवे प्रणाली खरिद गर्दा भ्रष्टाचारको आरोपमा २५ करोड रुपैयाँ मागदावी सहित विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मरासीनीसँगै अख्तियारले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी निर्देशक सञ्जय शर्मा, केन्द्रका तत्कालीन निर्देशक तथा हाल उपनिर्देशक सफल श्रेष्ठ, केन्द्रका तत्कालीन सहायक निर्देशक रमेश प्रसाद पोखरेल, केन्द्रका तत्कालीन लेखा अधिकृत निमबहादुर वली र रामबहादुर बुढा तथा केन्द्रका कम्प्युटर इन्जिनियर रामशरण गायकविरुद्ध अदालतमा मुद्धा दायर गरेको हो ।

केन्द्रकी तत्कालिन कार्यकारी निर्देशक उपाध्यय सहितको मिलेमतोमा ६ बर्षअघि खरिद गरिएको नेशनल पेमेण्ट गेटवे अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । आवश्यक पूर्वाधार नै तयार नगरी अस्वाभाविक लागत तयार गरी २५ करोडमा पेमेन्ट गेटवे प्रणाली खरिद गरी सरकारको सम्पती गैरकानूनी तवरले हानी नोक्सानी गरेको भन्ने उजुरीको आधारमा अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानले उनीहरुको मिलेमतोमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले सोमबार मुद्धा दायर गरेको हो । मिलेमतो तथा योजनामा अर्थ मन्त्रालयका बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख मरासिनीले नीति तथा कार्यक्रममा समावेश नभएको तथा राष्ट्रिय सूचना प्रविधि केन्द्रले बजेट नै माग नगरेको नेशनल पेमेन्ट गेटवे खरिदका लागि २५ करोड बजेट निकासी गरिदिएको पाइएको छ ।

मरासीनीले सो खरिद गर्दा आफू मातहतका माथिल्लो निकायलाई समेत जानकारी दिएका थिएनन् भने नेशनल पेमेन्ट गेटवे खरिद शीर्षकमा पनि बजेट राखिएको थिएन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ