वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

शेयर धितो कर्जामा हट्यो १२ करोडको सिमा

अर्थटुडे
२०८० आश्विन १८, बिहीबार

काठमाडौ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाउदै आएको १२ करोडको सिमा हटाएको छ । बुधबार एकीकृत निर्देशन, २०७९ संसोधन गर्दै राष्ट्र बैंकले शेयर धितो कर्जाको सिमा बृद्धि गरी व्यक्तिगत लगानीकर्तातर्फ १५ र संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको नयाँ सिमा लागु गरिएको छ ।

यसअघि सरकारले शेयर बजार अनुत्पादक क्षेत्र भन्दै लगानीमा कडाइ गर्नका लागि १२ करोडको सिमा तोकेको थियो । तर पटक पटक लगानीकर्ताको दवाव तथा अर्थमन्त्री डा.प्रकाशशरण महतको समेत दवाव गएपछि नेपाल राष्ट्र बैंकले नयाँ सिमा तय गरेको हो ।

गत बर्ष डलरको संचितिमा समस्या आएपछि राष्ट्र बैंकले कर्जा नीतिमा कडाई गरेको थियो । गत मौद्रिक नीतिमा राष्ट्र बैंकले १२ करोडको सिमा तोकेपछि बजार घटेको भन्दै उनको विरोध समेत भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ