काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अज्ञात समुहले कालोमोसो दलेको छ । सोमबार काठमाडौको एक होटलमा पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनलाई अज्ञात समुहले कालोमोसो दलेको हो । प्रसाईले पछिल्लो समयमा विवादास्पद अभिव्यक्ति दिदै आएका थिए ।
उनले लघुवित्त तथा बैंकहरुको विरोध गरेका थिए भने उनीहरुलाई कालोमोसो दल्ने भनेर कालोमोसो दस्ता समेत घोषणा गरेको थिए । सो दस्ता झण्डै ३७ वटा जिल्लामा फैलिएको थियो ।
साथै उनले नेकपा एमालेका अध्यक्ष केपी ओलीको विरुद्धमा बोलेका थिए भने पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।
त्यस्तै उनले नेपालमा मारवाडी समुदायको राज चलेको उनीहरुले नै देश खोक्रो बनाएको आरोप लगाउदै उनीहरुलाई देशबाट नै खेद्नुपर्ने अभिव्यक्ति दिदै आएका थिए ।
प्रतिक्रिया