वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरकारलाई लेखा निर्देशन :३२५ अर्बको राजस्व बक्यौता असुलको विवरण पेश गर

अर्थटुडे
२०८० आश्विन २५, बिहीबार

काठमाडौं । सार्वजनिक लेखा समितिले सरकारलाई ३२५ अर्ब राजस्वको बक्यौता असुलउपरको प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । महालेखा परीक्षकको ६० औं प्रतिवेदनले सरकारले ३२५ अर्ब राजस्वको बक्यौता असुल उपर गर्न बाँकी रहेको देखाएको छ ।

समितिको बुधबार बसेको बैठकले समग्र अर्थतन्त्रका समस्या समाधान गर्न भएका प्रयास, राजस्व संकलन, राजस्व बक्यौता असुलउपर लगायतका विषयमा सरकारबाट भएका प्रयासका बारेमा लिखित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो ।
समिति सभापति ऋषिकेश पोखरेलले सरकारका मुख्यसचिव रहेका बैकुण्ठ अर्यालसँग महालेखापरीक्षकको कार्यालयको ६० औं प्रतिवेदनमा ३२५ अर्ब राजस्वको बक्यौता रहेको देखिन्छ । राजस्व बक्यौताको असुली प्रगति विवरण कस्तो छ ? तत्काल असुली गर्न नसक्नुको कारण के हो ? भनेर प्रश्न गरेका थिए ।

सरकारलाई लिखित रुपमा नै समितिमा प्रतिवेदन पेश गर्न निर्देशन दिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ