वि.सं. २०८१ माघ २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निर्माण व्यवसायीले पाउने भए दशै अगाडी नै भुक्तानी

अर्थटुडे
२०८० कार्तिक २, बिहीबार

काठमाडौं । निर्माण व्यवसायीहरुको भुक्तान हुन बाँकी रहेको ६ अर्ब रुपैयाँ दशै अगाडी नै हुने भएको छ । अर्थमन्त्रालयका अनुसार स्रोत अभावका कारण गत आथिक बर्षको बाकी रहेको निर्माण व्यवसायीहरुको दायित्वको भुक्तानी दशै अगाडी दिने निर्णय भएको हो ।
अर्थमन्त्रालयले नीतिगत निर्णय गरी सम्बन्धीत कार्यालयहरुमा परिपत्र गरिसकेको पनि जनाएको छ । मन्त्रालयले निर्माण व्यवसायीको खातामा दशै अगाडी नै रकम पुग्ने व्यवस्था भएको जनाएको छ ।
पछिल्लो समयमा सरकारी राजस्व बढ्दै गएको तथा पहिलो त्रैमासमा नै सरकारले आन्तरिक ऋण उठाएकोले पनि निर्माण व्यवसायीहरुको अड्किएको रकम भुक्तानी गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ