काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैदेशिक व्यापारघाटा ३ खर्ब ६६ अर्ब अर्बखर्ब ४८ अर्ब रुपैयाँ पुगेको । यो गत आर्थिक बर्षको सोही अवधिकोको तुलनामा २.१५ प्रतिशतले बृद्धि हो ।
त्यस्तै तीन महिनामा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख ७५ हजार रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.६९ प्रतिशतले बढी हो । चाडपर्वका लागि आयात बढ्दा असोज महिनामा भने साउन र भदौको भन्दा केही बढी आयात भएको छ । असोज महिनामा मात्र एक खर्ब ४८ अर्ब रुपैयाँ बराबरको आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत साउनमा १ खर्ब २९ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो भने भदौ महिनामा १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आयात भएको थियो ।
आयातमा वृद्धि भए पनि निर्यात भने घटेको छ । निर्यात गत वर्षको तुलनामा २.१६ प्रतिशतले घटेर असोजसम्म ४० अर्ब ८७ करोडमा झरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा ४१ अर्ब ८२ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा सवैभन्दा धेरै आयात हुने बस्तुमा डिजेल पेट्रोल र एलपी ग्यास हुन् । असोजसम्ममा तिन बस्तुको आयात क्रमशः ३० अर्ब, १७ अर्ब र ११ अर्ब रुपैयाँ बराबर भएको छ ।
यस्तै ७ अर्ब ३५ करोडको सुन आयात भएको छ । नेपाल राष्ट्र बैंकले सुन आयातको दैनिक कोटा १० किलोबाट बढाएर २० किलो पुर्याएपछि सुन आयातमा बृद्धि भएको हो ।
१ खर्ब नाघ्यो भन्सार राजस्व
आयातमा केही सुधारसँगै पहिलो त्रैमासमा भन्सार राजस्व १ खर्ब नाघेको छ । असाजसम्म कुल १ खर्ब ९ अर्ब २४ करोड ९१ लाख ६ हजार भन्सार राजस्व प्राप्त भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा ९६ अर्ब ६१ करोड रहेको भन्सार राजस्व चालु आर्थिक वर्षमा उल्लेख्य रुपमा वृद्धि देखिएको हो ।
प्रतिक्रिया