वि.सं. २०८२ जेष्ठ ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यूनाइटेड सहकारीको लुटः १५ लाखको ऋण दिएर ७ करोडको घर–जग्गा कब्जा

अर्थटुडे
२०८० कार्तिक १५, बुधबार

काठमाडौं । पुतलीसडकको यूनाइटेड बचत तथा ऋण सहकारीले १५ लाखको ऋण दिएर ७ करोडको घरजग्गा कव्जा गरेको पिडितले बताएका छन् । पूर्वी–रुकुम पुथाउत्तर गंगा गाउँपालिका १० स्थायी निवासी सुरेन्द्र पुनको काठमाडौंको बालाजुमा रहेको करिब ७ कारोडको घरजग्गा सहकारीको मिलेमतोमा कब्जा गरेको पीडितले बताए ।

उनले करिब १२ वर्ष जापानमा श्रम गरेर कमाएको रकमले लिएको घर सहकारीले अदालत,मालपोत, वडाकार्यालय र वकिलहरुसँग मिलेमातो गरेर लिलाम गरेको पीडित पुनले आरोप लगाए । पीडित वैदशिक रोजगारको क्रममा जापान रहेको समय २०६१ सालमा सहोदर भाई पञ्च पुनले दाजु सुरेन्द्रको नाममा रहेको घर–जग्गा आफू स्वयम सुरेन्द्र भएको किर्ते हस्ताक्षर र ल्याप्चे किर्ते गरी ऋण लिएको अदालतले समेत पुष्टि गरेको छ ।

ऋण लिदाको समयमा सहकारीले सुरेन्द्रको घरलाई दृष्टिबन्दक राखेर भाई पञ्च पुनले ५ लाख,निरन्जन प्रसाद शर्माले ५ लाख र दिपेन्द्र उप्रेतिले ५ लाख बाँढेको जिल्ला अदालत काठमाडौंलेसमेत पुष्टि गरिसकेको छ । २०६३ सालमा निज सुरेन्द्र जापानबाट फर्किएपछि आफ्नो घरजग्गा किर्ते जालसाजी गरेर सहकारीमा रहेको थाहा पाएपछि सहकारीमा सोधिखोजि गर्दा तत्काल ऋणको दोब्बर बढी ३२ लाख तिर्न भनि घरमा पत्र पठाएको पीडितले बताए ।

सहकारी समक्ष आफूले ऋण नलिएको बरु भाईले किर्ते गरेको भन्दा नमानेपछि न्यायको लागि काठमाडौं जिल्ला अदालतमा मुद्धा लडेको बताए । करिब ७ वर्षपछि अदालतमा ल्याप्चे तथा हस्ताक्षर किर्ते पुष्टि भएपछि पीडितको पक्षमा फैसला गरे पनि सहकारीले पुनः सो विरुद्ध उच्चअदालत गएपछि मिलेमतोमा मुद्धा उल्ट्याएको आरोप पीडितको छ । त्यसपछि पीडित न्यायको निम्ति सर्बोच्च अदालतमा गएको र सर्बोच्चले किर्ते तथा ठगी कुनै नभएको बरु लेनदेनमार्फत मिलापत्र गर्नु भनि पुनः जिल्ला अदालत फर्काएको पीडित पुनले बताए ।

१८ वर्षदेखि अदालतमा मुद्धा चलिरहँदा गत भदौमा सहकारीले कानुनी मर्यादालाई तोड्दै घरजग्गा लिलाम गरी आफूलाई सडकमा पुर्याएको पीडित पुनले जानकारी दिए । कतै न्याय नपाएपछि बाध्य भई आमरुपमा न्याय माग्न र पीडा सार्बजनिक गर्न विवश भएको सुरेन्द्र बताउँछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ