वि.सं. २०८१ पुष २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ग्लोवल आइएमई बैंकको नायव प्रमूख कार्यकारीमा सुमन पोखरेल

अर्थटुडे
२०८० कार्तिक २०, सोमबार

काठमाडौ । ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । बैंकको बैंकको आइतबारको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

उनी बैंकको प्रमूख प्रबद्र्धक आइएमई समुहका वरिष्ठ उपाध्यक्ष छन् भने समुहको प्रमूख कार्यकारी अधिकृत समेत थिए । पोखरेलले केही बर्षअघि ग्लोवल आइएमई बैंकको संचालक समेत भएका थिए भने बैंकमा करिव ३ बर्ष बैंकको सहायक प्रबन्धक समेत भएका थिए ।

एभरेष्ट बैंकबाट बैकिङ करियर सुरु गरेका पोखरेल साढे दुई वर्षदेखि स्मार्ट च्वाइस टेक्नोलोजीका अध्यक्ष छन् भने डिस होम नेटवर्क प्रा.लिका सञ्चालक पनि छन्। ग्लोवल आइएमई बैंकको प्रमूख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य छन् भने वरिष्ठ नायब प्रमुख कार्यकारीमा सुरेन्द्र रेग्मी छन्।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ