काठमाडौ । आगामी विहिबारदेखि काठमाडौमा एसियन बैकर सम्मेलन हुने भएको छ । नेपाल बैंकर्स संघ र एसियन बैंकर्स संघको संयुक्त आयोजनामा सो सम्मेलन हुन लागेको हो । नेपालमा पहिलो पटक हुन लागेको एसियन बैंकर सम्मेलन शुक्रबार सकिने छ । सम्मेलनमा एसियाका २५ देशका बैंकरहरुको सहभागिता हुने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनिल केसीले सोमबार पत्रकार सम्मेलनमा जानकारी दिए ।
सो सम्मेलनमा एसियाका ६० भन्दा बढी बैंकका प्रमूख कार्यकारी अधिकृत र प्रतिनिधिहरुको सहभागी हुने अध्यक्ष केसीले जानकारी दिए । उक्त सम्मेलनमा अहिलेकोे अर्थतन्त्रको अवस्था तथा नेपालमा विदेशी लगानीको अवस्था र सम्भावनाका सन्दर्भमा समेत छलफल हुनेछ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा बैंकिङ क्षेत्रको दिगो विकासको सन्दर्भमा समेत छलफल हुने अध्यक्ष केसीले जानकारी दिए । सम्मेलनमा बैंकर तथा विज्ञहरुबाट कार्यपपत्र प्रस्तुत गर्ने तथा प्यानल डिस्कसन हुनेछ।
प्रतिक्रिया