वि.सं. २०८१ माघ २८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खराव कर्जाका कारण अवस्था गम्भीर तर नियन्त्रण गर्न सकिन्छ : बैंकर्स संघ

अर्थटुडे
२०८० कार्तिक २०, सोमबार

काठमाडौं। नेपाल बैंकर्स संघले बैंकहरुको खराव कर्जा नियन्त्रण गर्न सकिनेगरी सिमाभित्र नै रहेको बताएको । सोमबार पत्रकार सम्मेलन गरी संघले पछिल्लो समयमा बैंकहरुको खराव कर्जा बढे पनि घाटा बेहोर्नुपर्ने अवस्गा नरहेकोले नियन्त्रण गर्न सक्ने सिमा भित्र नै रहेको दावी गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुनील केसीले खराब कर्जा ह्वात्तै बढेकाले अवस्था गम्भिर रहे पनि नियन्त्रण गर्न सकिने सीमाभित्रै रहेको बताए । त्यस्तै केसीले बैंकर्सहरुलाई सजग भएर काम गर्न सुझाव दिदै भने, ‘चालु आर्थिक वर्षको असोज मसान्तसम्म वाणिज्य बैंकहरुको औसत खराब कर्जा ३.६१ प्रतिशत पुगेको छ। जवकी गत असारसम्म यस्तो कर्जा २.९८ प्रतिशत थियो।’

उनका अनुसार खराब कर्जा बढ्नु अर्थतन्त्र शिथिल हुनुको परिणाम हो । उनले भने, ‘डराइ हाल्नुपर्ने स्थिति होइन। तर सजग भने हुनुपर्छ। दक्षिण एसियाली मुलुकका बैंकको तुलनामा नेपाली बैंकको खराब कर्जाको अनुपात धेरै होइन।’ अध्यक्ष केसीले बैंकहरुको प्रथम त्रैमासमा कर्जाको गुणस्तर खस्किदा प्रोभिजनिङ धेरै गर्नुपरेकोले नाफामा असर परेको बताए। ।

‘गत सालको तुलनामा प्रोभिजनिङ रकम बढेको छ । जसका कारण बैंकहरुले असोजसम्मको लागि १६ अर्ब ९४ करोड रुपैयाँ छुट्याउनुपरेको छ । त्यसको असर नाफामा पर्न गएको हो । ’उनले भने । यसबाहेक ब्याज आम्दानी र सेवा शुल्कको कमिसन घटेकाले पनि बैंकहरुको नाफा प्रभावित भएको केसीको स्पस्टोक्ती छ ।

बैंकहरुको नाफा गत बर्षको तुलनामा १९ प्रतिशत कम छ भने वितरणयोग्य नाफा गत सालको तुलनामा ६३ प्रतिशतले कम रहेको । गत बर्षको पहिलो त्रैमासमा बैंकहरुको नाफा १६ अर्ब ५५ करोड थियो भने चालु आथिएक बर्षको सोही अवधिमा १३ अर्ब रुपैयाँ मात्र नाफा रहेको छ।

त्यस्तैगरी हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले अर्थतन्त्रमा देखिएको दवावका कारण खराव कर्जा ह्वात्तै बढेको देखिएपनि अव नबढ्ने बताए । उनले भने, जति बढ्नुपर्ने हो त्यो बढीसक्यो, अव बढ्दैन। अर्थतन्त्रमा देखिएको स्ट्रेसले खराब कर्जा वृद्धि भयो। तर बैंकहरुले त्यसलाई व्यवस्थापन गर्न सक्छन्,’ ।

राणाले सरकारले गर्ने पुँजीगत खर्चले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । बाह्य क्षेत्रमा परेको दवावका कारण आयातमा कडाइ गर्दाको असर बैंकिङ क्षेत्रमा पनि परेको बैंकर्सहरुको भनाई रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ