वि.सं. २०८१ माघ ९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसेलको शेयर खरिद‐विक्रि प्रकरणः पुर्व महालेखा परिक्षक शर्माको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति गठन

अर्थटुडे
२०८० मंसिर २१, बिहीबार

काठमाडौ । सरकारले एनसेलको खरिद‐विक्रिको निर्णयबारे अध्ययन गर्न पुर्व महालेखा परिक्षक टंकमणी शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । विहिबार बसेको मन्त्रीपरिषद् बैठकले शर्माको संयोजकत्वमा सदस्यहरु सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, हृदयेश कुमार शाक्य र आइक्यानका सुजनकुमार काफ्ले सदस्य रहेको सरकारकी प्रबक्ता सुचना तथा संचारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

समितिका सदस्य गौतम सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव हुन्, भण्डारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव हुन् भने शाक्य आन्तरिक राजस्व विभागका पूर्वमहानिर्देशक हुन् । चार्टर्ड एकाउन्टेण्डहरुको नियमनकारी निकाय आईक्यानका अध्यक्ष काफ्लेलाई पनि सरकारले समितिको सदस्य बनाएको छ ।

टेलिकम कम्पनी एन्सेलको २० प्रतिशत शेयर नेपाल कम्पनी सुनिभेरा क्यापिटलको स्वामित्वमा छ । उसको ८० प्रतिशत हिस्सा सेन्ट किट्समा दर्ता भएको कम्पनी रेनोल्ड होल्डिङ्सको नाममा छ । मलेसियाको आजिआटा कम्पनीले रेनोल्ड होल्डिङ्सको सबै शेयर बेलायतमा हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय गरेको हो ।

मंगलबार सत्तारुढ दलहरुले नै कर छलेको हुनसक्ने भन्दै छानविन गर्ने निर्णय गरेका थिए भने संसदको सार्वजनिक लेखासमितिले पनि एन्सेलमा लगानी गरेको कम्पनीको शेयर खरिदबिक्री रोक्न नियमनकारी निकायहरुलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ