काठमाडौ । हिमालन बैंकको विदेशी साझेदार पाकिस्तानी हविव बैंकले आफ्नो स्वामित्वमा रहेको शेयर हिमालयन रि इस्योरेन्स कम्पनीलाई बिक्री गर्ने भएको छ । हविव र हिमालयन रि बीच प्रतिकित्ता १३० रुपैयाँमा शेयर किनबेचका लागि सम्झौता भइसकेको र स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको स्रोतले जानकारी दिएको छ ।
सिभिल बैंकसँग मर्जरअघि हिमालनमा हविवको २० प्रतिशत शेयर स्वामित्व रहेको थियो । मर्जरपछि शेयर समायोजन हुँदा हविवको स्वामित्व १२ प्रतिशतमा झरेको छ । जसअनुसार उसले २ करोड ८० लाख १२ हजार ४४७ कित्ता शेयर बिक्री गर्न लागेको हो । यद्यपी यद्यपी यसबारेमा बैंक, रिइस्योरेन्स कम्पनी तथा नेपाल राष्ट्र बैंकले औपचारिक रुपमा जानकारी दिएका छैनन् ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को प्रावधान अनुसार बैंक, वित्तीय संस्था संचालनको ५ वर्षसम्म संस्थापक शेयर बिक्री गर्न पाइदैन । त्यसपछि पनि संस्थापक शेयर संस्थापक समूहमै रहने गरी बिक्री नभएको अवस्थामा मात्र बाहिर बिक्री गर्न पाउने प्रावधान छ ।
यस्तै २ प्रतिशत भन्दा बढी शेयर स्वामित्व भएका कम्पनी तथा संगठित संस्थाको शेयर बिक्रीका लागि राष्ट्र बैंकको स्वीकृती आवश्यक पर्छ । ऐनको उक्त प्रावधान अनुसार हविव र हिमालयन रिबिच भएको सम्झौतालाई राष्ट्र बैंकले स्वीकृती दिएपछि मात्र खरिद बिक्री प्रक्रिया अघि बढ्नेछ ।
बाफियाको ११ (५) मा ‘संस्थापकको शेयर कुनै कम्पनी वा संगठित संस्थाले लिएको अवस्थामा त्यस्तो कम्पनी वा संगठित संस्थाको उल्लेख्य स्वामित्व भएका शेयरधनीहरुमा हेरफेर, शेयर बिक्री वा हस्तान्तरण गर्नु अघि राष्ट्र बैड्ढको पूर्व स्वीकृति लिनु पर्नेछ’ उल्लेख छ । तर, बैंक वा वित्तीय संस्थाको चुक्ता पँुजीको दुई प्रतिशतभन्दा कम शेयर धारण गर्ने कम्पनी वा संगठित संस्थाले शेयर बिक्री वा हस्तान्तरण गर्नु अघि राष्ट्र बैंकको पूर्व स्वीकृति लिन आवश्यक नपर्ने ऐनमा ब्यवस्था छ ।
हबिबले ४ वर्षअघि नै हिमालयनको शेयर बिक्री गर्न खोजेको थियो । हविवले बेलायतको कमनवेल्थ डेभलपमेन्ट कर्पोरेसन (सीडीसी) सँग सम्झाता गरेपनि हिमालयनका संचालकको विरोधपछि अघि भाडिएको थियो ।
अहिले भने पूर्नबिमा कम्पनी हिमालयन रि ले बैंकको शेयर किन्न लागेको हो । कम्पनीको अध्यक्षमा गोल्छा समूहका शेखर गोल्छा रहेका छन् । उनी उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया