वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्थमन्त्री डा.महतद्धारा मेलम्ची आयोजनाको काउन्टर ग्यारेन्टी बसेका बैंकको भुक्तानीका लागि चिनियाँ सरकारसँग आग्रह

अर्थटुडे
२०७१ श्रावण २३, शुक्रबार

काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले मेलम्ची खानेपानी आयोजनामा चिनियाँ बैंकले नेपालका बैंकलाई दिनुपर्ने भुक्तानी छिट्टै दिन आग्रह गरेका छन् ।DSCN3482

चिनको बाणिज्य मन्त्री गाओ होचेङलाई बेइजिङमा शुक्रबार भेट गरी उनले चिनियाँ एक्जीम बैंकले नेपालको हिमालयन बैंक र बैंक अफ काठमाडौलाई भुक्तानी निदएकोले एक्जीम बैंकलाई दवाव स्वरुप कुनटीतिक पहलका लागि आग्रह गरेका हुन् ।

मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टी बापत हिमालयन बैंक र बैंक अफ काठमाडौले डेढ अर्व रुपैयाँ मेलम्ची खानेपानीलाई दिएका थिए । चीनको एक्जीम बैंकले ति बाणिज्य बैंकहरुलाई डेढ अर्व रुपैयाँ काउन्टर ग्यारेन्टी वापत रकम दिनुपर्नेमा अझै सो रकम उपलव्ध गराएको छैन ।
सोही अवसरमा अर्थमन्त्री डा महतले पश्चिम सेती जलबिद्युत आयोजनामा भएको सुस्त कार्यप्रगति पनि कुटनीतिक हस्तक्षेपको जरुरी रहेको बताए ।
हाल नेपाल र चीनबीच करिब ६५ अर्ब रुपैयाँ बराबरको व्यापारघाटा रहेको छ ।

यस्तो व्यापारघाटा चुनौतीपूर्ण रुपमा रहेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले नेपाली बस्तुहरुको सहुलियतपूर्ण र सहजतापूर्ण पहुँचको लागि पनि चीनका वाणिज्यमन्त्रीसँग आग्रह समेत गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ