वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्जा प्रवाह नहुँदा बैंकमा तरलता थुप्रियो

अर्थटुडे
२०८० पुष २५, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप संकलनको तुलनामा कर्जा प्रभाव कम भएपछि तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत लगातार प्रशोचन गरेपनि अन्तरबैंक ब्याजदर ब्याजदर करिडोरको सीमाभित्र कायम हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकका अनुसार आईतबार बैंकहरुको औशत कर्जा–निक्षेप अनुपात (सीडी रेसीयो) ७९.९६ प्रतिशत कायम भएको छ । बैंकहरुले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन सक्ने प्रावधान अनुसार बैंकसँग थप ६ खर्ब भन्दा बढी कर्जा विस्तारको क्षमता छ । तर, बजारमा कर्जाको माग नभएको बैंकरहरु बताउछन् ।

आईतबारसम्ममा बैंकहरुले ६० खर्ब ८९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५० खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका सहायम प्रवक्ता डा. डिल्लीराम पोखरेल चालू आर्थिक वर्षमा निक्षेप बृद्धिको तुलनामा कर्जा बृद्धि कम हुँदा अधिक तरलता देखिएको बताए । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा बैंकहरुमा तीन खर्ब १४ अर्ब रुपैयाँ निक्षेप बृद्धि हुँदा कर्जा भने १ खर्ब ५५ अर्ब रुपैयाँले मात्र बढेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीति समिक्षा गर्दै जसमार्फत नीतिगत दर घटाउनुका साथै घरजग्गा, शेयर, गाडीलगायतका क्षेत्रमा कर्जा प्रवाहको नीतिमा पुनरावलोकन गरिसकेको छ । यसैगरी बैंकहरुले पनि पुुस महिनामा ब्याजदरपनि कर्जा प्रवाह भने बढ्न सकेको छैन ।

बजारमा अधिक तरलता भएपछि राष्ट्र बैंकले लगातार प्रशोचन गरिरहेको छ । यसैगरी मंगलबार पनि १४ दिन अवधिका लागि ३५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ