वि.सं. २०८१ कार्तिक २७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाँच महिनामा ६.१३ खर्ब रेमिट्यान्स

अर्थटुडे
२०८० पुष २८, शनिबार

चालू आर्थिक वर्षको सुरुवातदेखि नै उत्साहजनरुपमा बृद्धि भएको रेमिट्यान्स आप्रवाह मंसिर महिनामा पनि बढेको छ । मंसिरसम्मा रेमिट्यान्स आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

मंसिरसम्ममा अमेरिकी डलरमा रेमिट्यान्सआप्रवाह पनि २४ दशमलव ५ प्रतिशतले वृद्धि भई ४ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो ।

रेमिट्यान्स बढाउनका लागि सरकार र राष्ट्र बैंकले प्रोत्साहनको नीति लिदै आएका छन् । औपचारिक च्यानलबाट रेमिट्यान्स बढाउनेलाई साधारण सेयरका लागि आरक्षण दिइएको छ भने बैंकमा रकम जम्मा गर्दा एक प्रतिशत विन्दुले थप ब्याज दिने ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ