वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२४ उद्योगमा काटिएको विजुली फेरी जोडियो

अर्थटुडे
२०८० पुष २८, शनिबार

काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विजुली काटेको उद्योगको लाइन शुक्रबार रातीदेखि जोडिदिएको छ । लोड सेडिङको समयमा जोडिएको डेडिकेटेड फिडर र ट्रंकलाइनको रकम नतिरेको भन्दै प्राधिकरणले प्रधानमन्त्री पुष्पकमल दाहालको ठाडो आदेशमा विभिन्न उद्योगहरुको विजुली काटेको थियो ।

शुक्रबार राति १ देखि २ बजेसम्म उद्योगहरूको लाइन जोडिएको हो । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय गरेको थियो ।

सोहि निर्णयको आधारमा प्राधिकरणले शुक्रबार राति उद्योगहरुको काटिएको लाइन जोडेको हो ।
विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा पुष ६ गतेदेखि धेरै बक्यौता रहेका उद्योगको लाइन काट्न थालेको थियो । प्राधिकरणले २४ उद्योगको लाइन काटेको थियो । लाइन काटिएका उद्योगले २८० मेगावाट बिजुली प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ