माघ महिनाको लागि बाणिज्य बैंकहरुले व्याजदर घटाएका छन् । बैंकमा तरलता थुप्रिएपछि बैंकहरूले मघ महिनाकाे लागि ब्याजदर घटाएर प्रकाशित गरेका हुन् ।
बाणिज्य बैंकहरुले माघ महिनाको लागि प्रकाशित गरेको व्याजदर अनुसार दुइवटा बैंक एनएमबी र एभरेष्ट बैंकले भने घटाएका छैनन् । एभरेष्ट बैंकले व्यक्तिगत मुद्धति निक्षेपमा अधिकतम ८ प्रतिशत र एनएमबी बैंकले ९ प्रतिशतलाई यथावत् राखेका छन् ।
माघ महिनामा सवैभन्दा कम व्याज दिने बैंकमा कृषि विकास बैंक रहेको । सो बैंकले पुसमा भन्दा माघमा १.७५ प्रतिशतले व्याजदर घटाएर ७.२६ प्रतिशत कायम गरेको छ । त्यस्तै सवै भन्दा बढी व्याज दिनेमा सिटिजन्स बैंक इन्टरनेशनल रहेको छ । उसले माघ महिनाको लागि ९.१५ प्रतिशत कायम गरेको छ । सो बैंकले पुसमा ९.३५ प्रतिशत कायम गरेको थियो । बैंकले रकम थुप्रिन थालेर कर्जा प्रबाह हुन नसकेपछि व्याजदर कम गर्न थालेका हुन् ।
हेर्नुहोस् माघ महिनाको लागि कुन बैंकको व्याजदर कति ?
प्रतिक्रिया