काठमाडौं । देशको आर्थिक विकासका लागि तीन सिफ्टमा काम गर्ने वन्दोवस्त हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अहिलेकै अनुसार अर्थात १० बजेदेखि चारबजेसम्म काम गरेर देशमा आर्थिक विकास सम्भब नहुने ठोकुवा गर्दै उनीहरुले विहान, दिउँंसो र राति गरी तीन सिफ्टमा काम गर्ने वन्दोवस्त गर्नुपर्नेमा जोड दिए ।
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुरानारायण भक्तपुरले शनिबार गरेको विद्यार्थी विदाई कार्यक्रममा नेपाल इन्जिनियरिंग परिषद्का अध्यक्ष प्रा.डा पदमबहादुर शाहीले कामसँंगै विद्यार्थीले पनि विहान, दिउँंसो र राति गरी तीन सिफ्टमै पढन पाउनुपर्ने व्यवस्था हुनुपर्ने बताए । यसो भए मात्रै नेपालको विकास हुन्छ र नेपालीहरुको प्रतिव्यक्ति आय पनि वढ्छ, उनले भने । उनले भने, यसका लागि विद्यार्थीले पनि पढ्दै काम गर्ने वातावरणको वन्दोवस्त हुनुपर्छ ।
कार्यक्रममा पढाई पूरा गरेका विद्यार्थीले इन्जिनियरिंग उतीर्ण गरेका विद्यार्थीले परिषद्ले काममा पठाउन अघि लिने परीक्षा पनि परम्परागत रुपमा वर्षमा एउटा मात्रै नभई तीनतीन महिनामा एउटा हुनुपर्ने माग राखे । जाँंच दिएर फेल भएका विद्यार्थी परीक्षाका लागि फेरि अर्काे वर्ष कुर्नुपर्ने भएर एकवर्ष खेर जाने भन्दै उनीहरुले तीनतीन महिनामा परीक्षाको वन्दोवस्त मिलाउन परिषद्सँंग आग्रह गरे । विदाई भएका विद्यार्थीको प्रतिनिधिको रुपमा इन्जिनियरिंगको अध्ययन पूरा गरेका गौतम अवस्थीले कलेजको अन्तिम परीक्षाफल आउने बेला परिषदको परीक्षा चल्ने र कलेजबाट पास भएपछि फेरि परिषदको जाँंच दिन एक वर्ष कुर्नुपर्ने बाध्यता रहेको बताए ।
कार्यक्रममा कलेजका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले जहाँंजहाँं कमजोरीहरु छन् ती सवैलाई हटाएर मात्रै अगाडि वढन् सक्ने बताए । त्यसकारण प्रसंशासँंगै आलोचना पनि उतिकै आवश्यक रहेको उनको भनाइ छ । आलोचनालाई विरोधको रुपमा नलिई उन्नतिका लागि दिइएको भनेर सुधार गर्नु आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया