वि.सं. २०८१ माघ ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कर्जा प्रवाह नहुँदा बैंकहरुको खबौं रकम राष्ट्र बैंकमा थुप्रिदै

अर्थटुडे
२०८० फाल्गुन १४, सोमबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफुसँग भएको तरलता (लगानीयोग्य पुँजी) अनुसार कर्जा प्रवाह गर्न नसकेपछि खबौं रकम केन्द्रीय बैंकमा थुप्रिन थालेको छ । प्रणालीमा अधिक तरलता भएपछि बैंकहरुले स्थायी निक्षेप सुविधा अन्र्तगत आईतबार मात्र करिब एक खर्ब रुपैयाँ निक्षेप राष्ट्र बैंकमा राखेका हुन् ।

राष्ट्र बैंकले फागुनदेखि बैैंक, वित्तीय संस्थाहरुलाई स्थायी निक्षेप सुविधा सुरु गरेको थियो । यस सुविधा अन्तर्गत बैंकहरुले आफुसँग भएको अधिक तरलता केन्द्रीय बैंकमा निक्षेपको रुपमा राख्न पाउछन् ।

स्थायी निक्षेप सुविधा अन्तर्गत आइतबार मात्र बैंकहरुको ९६ अर्ब १५ करोड रुपैयाँ निक्षेप राष्ट्र बैंकमा जम्मा गरेका छन् । हालसम्म चार पटक गरी बैंकहरुले २ खर्ब ५३ अर्ब ६५ करोड रुपैयाँ स्थायी निक्षेप सुविधा लिइसकेका नेपाल राष्ट्र बैंकले जनाएको छ ।

चालू आर्थिक वर्षमा बैंक, वित्तीय संस्थामा निक्षेप बृद्धिको तुलनामा कर्जा प्रवाह नभएपछि अधिक तरलताको अवस्था छ । बैंकहरुले पछिल्लो समय निक्षेपको ब्याजदर घटाएसँगै कर्जाको ब्याजदर सस्तो भएको छ । तर, बजारमा देखिएको आर्थिक मन्दीसँगै कर्जाको माग शुन्यप्राय रहेको बैंकरहरु बताउछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ