वि.सं. २०८१ मंसिर १७
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ऋण तिर्नलाई राहत दिन सकिन्छ, माफी गर्न सकिँदैन : अर्थमन्त्री

अर्थटुडे
२०८० फाल्गुन १७, बिहीबार

नवलपरासी । ऋण मिनाहाको माग गर्दै लघुवित्त वित्तीय संस्थाका ऋणीहरुको आन्दोलन चर्किरहेका बेला अर्थमन्त्री डा. प्रकाशशरण महतले भने ऋण तिर्नका लागि राहत दिन सकिने तथा मिनाहा गर्न नसकिने स्पष्ट पारेका छन् । सर्वसाधारणले गास कटाएर जम्मा गरेको बचतबाट भएको ऋण मिनाहा गर्न नसकिने बरु अप्ठेरोमा परेका ऋणीहरुलाई ऋण दिर्नका लागि थप समय दिन सकिने उनले बताए ।

नवलपरासी औद्योगिक ब्यापार मेला तथा कृषि, पर्यटन ब्यापार एवम् सूचना प्रवधिको बृहत् प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ‘एकथरिले सहकारी र लघु वित्त पीडितलाई उपयोग गरेर राजनीतिकको रोटी सेकाउन थालेका छन् । ‘स्थानीयले पेट काटेर जम्मा गरेको पूँजी मासेर ऋण माफी दिन सकिँदैन । ऋण तिर्नुपर्दैन भन्ने समूहमा कोही लाग्नु हुँदैन । ऋण लिनेको मात्र होइन दिनेको पनि गल्ती छ । त्यसकारण ब्याजदर घटाइएको हो, पछिल्लो समय ब्याजदर घट्ने क्रममा छ ।’ ‘जसले ऋण लिएको छ, उहाँहरुलाई ब्याजदरमा राहत दिन सकिन्छ । ऋण तिर्नेलाई समय दिन सकिन्छ, त्यो राहत हो । ऋण लिएर तिर्दैतिर्दिन भन्न पाइँदैन । ऋण तिर्नलाई राहत दिन सकिन्छ, ऋण माफी गर्न सकिँदैन’ उनले भने ।

मन्त्री महतले विस्तारै निर्माण क्षेत्रमा माग बढेको छ, सिमेन्ट, रडको माग बढेको छ, नीतिगत सुधारका धेरै काम भएकाले व्यवसायीहरुलाई ढुक्क भएर लगानी गर्न पनि आग्रह गरेका छन् । उनले यतिवेला ब्याजदर घटेकाले विचार पुर्याएर ऋण लिने र लगानी गर्ने वातावरण बनेको बताउँदै उहाँले एउटाले फाइदा गरेको व्यवसायतिर सबै नलागी, नयाँ सम्भावनाको खोजी गर्न व्यवसायीहरुलाई सुझाव दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ