वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यवसायीलाई त्रसित नबनाउन प्रधानमन्त्री दाहालकाे निर्देशन

अर्थटुडे
२०८० फाल्गुन २९, मंगलवार

कठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले व्यवसायीलाई त्रसिन नबनाउन गृहमन्त्री रवी लामिछानेलाई निर्देशन दिएका छन् । मंगलबार अर्थमन्त्री बर्षमान पुन (अनन्त)ले उद्योग परिसंघ नेपालका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले गृहमन्त्री रवि लामिछाने र आफू सँगै राखेर व्यवसायीलाई त्रसित नबनाउन निर्देशन दिएको जानकारी दिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यूले म र गृहमन्त्रीलाई सँगै राखेर उद्योगी व्यवसायीलाई राज्यका निकायहरुले तर्साउनुभएन भन्नुभएको छ’, पुनले भने, ‘हामी निजी क्षेत्रलाई अपिल गर्न चाहन्छौं कि अभिभावकीय भूमिकामा रहेको सरकारले कसैलाई आतंकित बनाउने काम गर्दैन ।’

आरोप लाग्दैमा नआत्तिन आग्रह गर्दै पुनले आरोप प्रमाणित हुने तथ्य नभएसम्म व्यवसायीलाई पक्राउ गरेर नथुन्ने वातावरण बनाइने विश्वास दिलाए । ‘आरोप लाग्दैमा कसैलाई पनि दोषी करार गर्न मिल्दैन’, उनले भने, ‘गम्भीर अपराध गरेका बाहेकलाई सरकारले अनावश्यक हस्तक्षेप गर्दैन ।’

यद्यपि पुनले राजश्व छलीमा भने सरकारले कडाई गर्ने बताए । तर, व्यवसायीसँगको समन्वयमै राजश्व छलीलाई नियन्त्रण गरिने भएकाले सहयोग गर्न निजी क्षेत्रलाई आग्रह गरे । अर्थमन्त्री पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइन काम गिरने बताउँदै सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले ढुक्क भएर लगानी गर्न उद्योगी/ व्यवसायीलाई आग्रह गरे ।

‘अकस्मात होइन जानकारी दिएरै राजश्व छलीमा कडाई हुन्छ’, उनले भने, ‘गैरकानूनी कामलाई राज्यले नियन्त्रण गर्दा व्यवसायीको पनि साथ चाहियो ।’ उनले आगामी आर्थिक वर्ष ०८१/०८२ को बजेट बनाउनुअघि व्यवसायीका जायज चासोबारे मन्त्रालयले छलफल गर्ने पनि उल्लेख गरे । कुनै पनि वस्तुमा कर लगाउँदा सरकारले त्यसको औचित्य पुष्टि हुने गरी मात्र काम गर्ने उनको स्पष्टोक्ति थियो ।

कुनै एक राजनीतिज्ञ, जाति, समुदाय, क्षेत्र, पेशा र व्यवसायमा संग्न केही व्यक्तिले गल्ती गर्दैमा सबैलाई आरोपित गर्ने घातक प्रवृत्ति समाजमा व्याप्त बन्न खोजेको भन्दै चिन्ता जनाए । फरक प्रसंगमा मन्त्री पुनले आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा सक्रिय सहभागिता जनाउन र विदेशी लगानीकर्तालाई नेपाल ल्याउने वातावरण बनाउने काममा लाग्न उद्योगी–व्यवसायीलाई अपिल गरे ।

आफूले मन्त्रालयको नेतृत्व सम्हालेकै दिनबाट सुरक्षित व्यवसायिक वातावरण बनाउन प्रयासरत रहेकाले नआत्तिन उनको व्यवसायीलाई आग्रह थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ