काठमाडौ । निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कै कारण नयाँ स्टक एक्सचेन्ज नआएको दावी गरेका छन् । मंगलबार नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री डा.महतले तत्कालिन समयमा प्रधानमन्त्री दाहालको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को बैठकले नै नयाँ स्टकको लाइसेन्स नदिने निर्णय गरेको बताए ।
उनका अनुसार मन्त्रीपरिषद्को बैठकले नै नयाँ स्टकको काम रोक्ने निर्णय गरेपछि खोल्दा पनि सोही बैठकले निर्णय गरेर खोल्नुपर्छ । तत्कालीन समयमा प्रधानमन्त्री र मन्त्रिपरिषदले गरेको निर्णयलाई अहिले आफूमाथि थोपर्न नमिल्ने उनको भनाइ छ ।
डा.महतले भने, ‘ स्टकले थप निजी क्षेत्रलाई जोडने भन्ने कुरालाई थप अध्ययन गरेपछि मात्रै निर्णय गर्ने भनेर प्रधानमन्त्री दाहालले नै त्यो बेला रोक्नु भएको हो ।’
नयाँ स्टकलाई लाईसेन्स दिने विषयलाई तत्कालिन समयमा अर्थसमितिले रोकेर राख्यो । तर पछि समितिले खोल्ने निर्णय गर्यो । अर्थसमितिले खोल्ने निर्णय गरेपछि खोल्नका लागि अर्थमन्त्रीले नै प्रस्ताव ल्याइदेओस् भन्ने प्रधानमन्त्रीको धारणा थियो ।
उनले भने ‘हाम्रो भनाइ अर्थले रोक्ने नरोक्ने भनेको थिएन । जहाँबाट रोकिएको हो त्यहाँबाट खोल्ने÷नखोल्ने, थप अध्ययन गर्ने, नगर्ने त्यसको निर्णय मन्त्रिपरिषदले भन्नुपर्यो । त्यो समयमा धितोपत्र बोर्डले चिठी लेखेको र त्यसका लागि मन्त्रालय माध्यम मात्रै बनेको बताए ।
‘सेबोनबाट आएको चिठीसँगै हामीले अध्ययन गरिसकेको छौ । खोल्ने नखोल्ने के हो सरकारले नै गरोस भनेको हो । त्यसपछि अर्थलाई नै अध्ययन समिति बनाउनु भनेर अर्थबाट प्रस्ताव ल्याउनु पर्यो भनेर पत्र आयो ।
हामीले त्यही खालको कमिटि बनायौं । त्यसले अध्ययन गरिरहेको होला । त्यसपछि के गर्ने भनेर मन्त्रिपरिषदले नै निर्णय गर्छ । त्यो निर्णय उल्ट्याउने, मान्ने नमान्ने उहाँहरुको कुरा हो ।’
प्रतिक्रिया