काठमाडौं । नेप्से परिसुचक पहिलो दिनको तुलनामा १५.८४ अंकले घटेर अन्तिम दिन १०४०.५९ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको २ अर्व ४३ करोड २३ हजार रुपैयाँ बराबरको ५२ लाख ४२ हजार ७४० कित्ताको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
अघिल्लो साता १६३ कम्पनीहरुको २ अर्ब ४ करोड २८ लाख १४ हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार २५० कित्ता सेयरहरु खरिद बिक्री भएको पनि सो कम्पनीले जनाएको छ । कारोबार रकम अघिल्लो साताको तुलनामा १९.१५ प्रतिशत बढी हो ।
यस साता कारोबार रकम (१५ करोड २५ लाख ७० हजार रुपैयाँ) को आधारमा चिलिमे हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ भने कारोबार भएको सेयर संख्या (५ लाख ९३ हजार कित्ता) को आधारमा नबिल ब्यालेन्स फन्ड अग्रस्थानमा रहेको कम्पनीले जनाएको छ ।
त्यसैगरी कारोबार संख्या (१३२६ वटा) को आधारमा रिडी हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ । यस साता नेप्सेले लक्ष्मी बैंकको २५ लाख ४२ हजार २ सय ३७ कित्ता बोनस सेयर सूचीकरण गरेको छ ।
प्रतिक्रिया