काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले सुन कारोबारी जो सुकै भएपनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवी लामिछानेले सुनको अवैध पठारी नियन्त्रणसम्बन्धी जाँचवुझ आयोगको प्रतिवेदन बुझ्दै उनले सिफारिस कार्यान्वयन गरी जो सुकै भएपनि कारबाही गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए ।
प्रधानमन्त्री दाहालले दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउनसमेत निर्देशन दिएको उपप्रधानमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । उनले प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन निर्देशित गरेका छन् ।
प्रधानमन्त्री दाहालको निर्देशनसँग उपप्रधानमन्त्री लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेको उनको सचिवालयले जनाएको छ । आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया