वि.सं. २०८१ चैत्र ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पुरानो चार आर्थिक वर्षको लाभांश बुझिलिन नेपाल बैंकको आग्रह

अर्थटुडे
२०८१ बैशाख ४, मंगलवार

काठमाडाै । नेपाल बैंक लिमिटेडले पुराना चार आर्थिक वर्षको लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले आर्थिक वर्ष ०७५/७६, ०७६/७७, ०७७/७८ र ०७८/७९ को लाभांश बुझ्न बाँकी सदस्यहरूलाई यथासिघ्र बुझिलिन बैंकले आग्रह गरेको हो ।

सम्बन्धित शेयरधनीहरूले आवश्यक कागजातहरू सहित कम्पनीको शेयर रजिष्ट्रार हिमालयन क्यापिटल लिमिटेडको ठमेल, काठमाडौंमा निवेदन पेश गर्नुपर्ने जानकारी बैंकले दिएको छ । हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यहरूले यथासिघ्र गराई आफ्नो लाभांश प्राप्त गर्न समेत बैंकले भनेको छ ।

बैंकले बोनस शेयर हितग्राही खातामार्फत र नगद लाभांश बैंक खातामार्फत वितरण गर्दै आएको छ । यसर्थ हितग्राही खाता खोली उक्त खातामा बैंक खाता नम्बर अद्यावधिक गराउन समेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ