काठमाडौं । नेपाल भ्रमणमा रहेको चेक गणतन्त्रको संसदीय समितिको टोलीले संविधान निर्माण र आर्थिक विकासको बिषयमा छलफल शुरू गरेको छ । उक्त टोलीले मंगलवार संविधानसभाका अध्यक्ष सुभाष नेम्वाङसँग भेटवार्ता गर्नुकासाथै संविधानसभको अवलोकन तथा विभिन्न समिति सँग छलफल गरेको थियो ।
प्रधानमन्त्री शुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महत, उर्जा मन्त्री राधा ज्ञवाली, पर्यटन मन्त्री भिम आचार्य र परराष्ट्र मन्त्री महेन्द्र पाण्डे लगायतसँग भेतवार्ता गर्ने कार्यक्रम समेत रहेको वताइएको छ । टोली शोमवार नेपाल आएको हो ।
संविधानसभाका अध्यक्ष तथा विभिन्न समितिका पदाधिकारहिरूसँगको भेटवार्ताकाक्रममा नेपालको आर्थिक विकास, उर्जा तथा पर्यटन क्षेत्रमा रहेको संभावना, नेपालको संविधान निर्माण प्रक्रिया दुईदेशवीचको सुमधुर सम्वन्ध, व्यापारविस्तार लगायतका बिषयमा छलफल भएको भेटपछि चेक गणतन्त्रको तर्फवाट नेपाल आएको संसदीय टोलीका प्रमूख कारेल स्चुवारजेनबर्गले वताए ।
नेपालसँग धेरै क्षेत्रमा समानता रहेको यो मुलुक आफैंमा नेपालजस्तै ल्याण्ड लक भएरपनि प्रशस्तै पर्यटकीय संभावना रहेकोले ती संभावना नेपाल र चेक गणतन्त्रवीच साटासाट गर्न सकीने देखिएको छ ।
नेपालको उर्जा र पर्यटन लगायतका क्षेत्रमा समेत चेक गणतन्त्रले चासो राखेको छ ।
उर्जा, पर्यटन, उद्योग–व्यापार लगायतका क्षेत्रमा दुवै देशवीच समानता रहेको उल्लेख गर्दै उसले यी क्षेत्रमा सहयोग गर्न र दुईदेशवीच संभावना आदानप्रदानगर्न समेत आफू इच्छुक रहेको उसले जनाएको हो ।
विगत लामो समयदेखि अशल मित्रराष्ट्रकोरूपमा रहेको यी दुई देशवीच कृषि उपजको प्रवद्र्धन, जलविद्युत उत्पादनको संभावना, नेचुरल वेल्थ, उद्योग–व्यापार लगायतका क्षेत्रमा दुईदेशवीच सहकार्यगर्न सक्ने प्रचुर संभावना रहेको छ ।
दुईदेशवीचको दुई पक्षीय तथा वहुपक्षीय ब्यापार विस्तारको संभावना त्यत्तिकै रहेको छ । नेपाललाई निकै नजिकवाट नियाल्दै आएको चेक गणतन्त्रले यहाँको राजनीतिक अवस्थामा शुधार आए राजनीतिक स्थायित्व कायम भएका जलविद्युत क्षेत्रमा ठूलो लगानी गर्ने चासो समेत बषौंदेखि राख्दै आएको छ । उसले नेपालका विभिन्न क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्व अभिायान अन्तर्गत थुप्रै सहयोग पनि गर्दै आएको छ ।
प्रतिक्रिया