वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अत्याधुनिक सुविधासहित न्युरोडमा रञ्जना ट्रेड सेन्टर सञ्चालन

अर्थटुडे
२०७१ श्रावण २५, आईतवार

 

 
काठमाडौं । न्युरोडमा अत्याधुनिक सुविधासहितको व्यावसायिक मल ‘रञ्जना ट्रेड सेन्टर’ आइतबारदेखि सञ्चालनमा आएको छ । ३७० वटा व्यापारिक पसलहरु एउटै भवनभित्र उपलब्ध हुने गरी ट्रेड सेन्टर सञ्चालनमा ल्याइएको हो ।ranjana
फेन्सी तथा रेडिमेड, जुत्ता, ब्याग, गरगहनालगायतको होलसेल पसल फुट कोर्ट, सिनेमा हल समेत सो सेटरमा रहेको छ । पार्किङको पर्याप्त सुविधा भएको सो सेन्टरमा सिसि क्यामेरा,अग्नी नियन्त्रण प्रणाली समेत रहेको बताइएको छ ।

सटर खोल्न रिमोट र कोड अनिवार्य पर्ने भएकाले सो सेन्टर पूर्ण सुरक्षित रहेको सेन्टरका अध्यक्ष कालु गुरुङले बताए । उनका अनुसार ट्रेड सेन्टरका व्यवसायीका लागि छुट्टै गोदाम घरको समेत व्यवस्था गरिएको छ । गोदामको बिमासमेत गरिएकाले पनि सुरक्षित र भरपर्दो भएको उनको दाबी छ ।

सो ट्रेड सेन्टरको आइतबार वरिष्ठ संस्कृतिविद् एवं साहित्यकार सत्यमोहन जोशीले एक समारोहबीच उद्घाटन गरे । उद्घाटनका क्रममा उनले उपयुक्त स्थान र सुविधासम्पन्न भएकाले ट्रेड सेन्टर सबैको रोजाइमा पर्ने बताए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ