काठमाडौं । कन्काइ विकास बैंकले आर्थिक वर्ष २०७०/७१ मा एक करोड ८९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले एक करोड १८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले ९० करोड ४ लाख निक्षेप संकलन गरेको छ भने ७९ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । त्यसैगरी बैंंकले जोखिम बापत ३५ लाख रुपैयाँ छुट्याएको छ ।
बैंकको निष्कृय कर्जा ०.५० प्रतिशत रहेको छ भने स्प्रेड दर ७.८८ प्रतिशत रहेको छ ।
बैंकको रियलस्टेड कर्जा ४१ लाख रुपैयाँ छ भने व्यक्तिगत घरकर्जा ७ करोड ३१ लाख रहेको छ ।
प्रतिक्रिया