वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एघार महिनामा नै जिडिपी तुलनामा २३ प्रतिशतले भित्रियो रेमिट्यान्स

अर्थटुडे
२०८१ असार २७, बिहीबार

काठमाडौ । चालु आर्थिक बर्षको ११ महिनामा १३ खर्ब २७ अर्ब ५१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो चालु आर्थिक बर्षको कुल गार्हस्थ उत्पादन (जिडिपी) को २३.२७ प्रतिशत हो ।

राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालको कुला गार्हस्थ उत्पादन ५७ खर्ब ०४ अर्ब रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार रेमिट्यान्स गत बर्षको सोही अवधिको तुलनामा १९.३ प्रतिशतले बृद्धि हो ।

अघिल्लो वर्षको सोही अवधिमा नेपालमा २२.७ प्रतिशतले रेमिट्यान्स बढेको थियो । त्यस्तै यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या चार लाख २२ हजार ९३६ र पुनः श्रम स्वीकृति लिनेको संख्या दुई लाख ६२ हजार ७०५ जना रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः चार लाख ५९ हजार ४१५ र २ लाख ६० हजार २६२ रहेको थियो ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ