वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनआईसी एसियाको नाफा ८१ करोड

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

काठमाडौं । एनआईसी एसिया बैंकले आर्थिक वर्ष २०७०\०७१ मा ८१ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा बैंकले १७ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । अघिल्लो आवमा छुट्याएको जोखिम व्यवस्था वापतको रकम फिर्ता भएपछि बैंकको नाफा बढेको हो ।

nic asia
बैंकले मंगलबारप्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले आव २०७०÷०७१ मा ४४ अर्व ९८ करोड निक्षेप संकलन गरी ३६ अर्व ३१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा र निक्षेपको व्याजदर अन्तर (स्पे्रड) ४.०६ प्रतिशत, प्रति सेयर आम्दानी ३५.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २ सय २५.८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ