काठमाडौ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले सहकारीले जनतामा सकारात्मक भुमिका खेलेको भन्दै सकारीको प्रशंसा गरेका छन् । मंगलबार बाराको सिमरामा हातेमालो बचत तथा ऋण सहकारीको सातौं वार्षिकोत्सवमा बोल्दै उनले ग्रामीण र कृषिमुखी अर्थतन्त्रलाई बढाउन सहकारीको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।
राज्य र सरकार सहकारीमैत्री संविधान निर्माण गर्न प्रतिबद्ध रहेको बताउँदै मन्त्री पौडेलले बजेट र कार्यक्रममा समेत सहकारीलाई प्राथमिकता दिएको बताए । सोही कार्यक्रममा संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको सहकारी पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार दिवाकर भण्डारीलाई प्रदान गरेको छ ।
यसैगरी हातेमालो सहकारी वर्ष सम्मान सेवानिवृत्त सहकारी प्रमुख महेन्द्र राउत, सामाजिक एवं शैक्षिक क्षेत्रमा क्रियाशील पलट चौधरी, साहित्य क्षेत्रमा क्रियाशील रामप्रसाद पोखरेललाई प्रदान गरिएको छ ।
प्रतिक्रिया