काठमाडौं । वाणिज्य बैंकहरुले भदौ महिनामा औषत ६.५४ प्रतिशत व्याज दिने भएका छन् । शुक्रबार भदौ महिनाको लागि ०.१८ प्रतिशत व्याजदर घटाएका हुन् । साउन महिनामा बैंकहरुको औषत व्याजदर ६.७२ प्रतिशत रहेको थियो ।
प्रकाशित व्याजदर अनुसार भदौ महिनामा सवैभन्दा बढी निक्षेपमा व्याज दिनेमा एनआइसी एसिया र एनएमबी बैंक रहेका छन् । उनीहरुले भदौ महिनाको लागि ७.४१ प्रतिशत व्याज कायम गरेका छन् । त्यस्तै भदौ महिनामा सवैभन्द कम व्याजदर दिने बैंकमा नेपाल बैंक रहेको छ । सो बैंकले भदौ महिनाको लागि साउन महिनाको तुलनामा १ प्रतिशत व्याजदर घटाएर ५.२५ प्रतिशत कायम गरेको छ ।
त्यस्तै स्ट्यान्डर्ड चार्टड, नविल र हिमालयन बैंकले दिने भएका छन् । उनीहरुले भदौ महिनाको लागि निक्षेपको व्याजदर ७ प्रतिशत कायम गरेका छन् ।
ग्लोवल आइएमई, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नविल, स्ट्यान्डर्ड चार्टड बैंकले व्याजदर हेरफेर गरेका छैनन् ।
नयाँ महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनअघि नै ब्याजदर तोक्नुपर्ने व्यवस्थाअनुसार उनीहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
प्रतिक्रिया