वि.सं. २०८१ भाद्र २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एनसीसी बैंकको खुद नाफा ३६ करोड ८५ लाख, बैंकले नगद लाभांस बाड्न नपाउने

अर्थटुडे
२०७१ श्रावण २८, बुधबार

काठमाडौं । एनसीसी  बैंकले गत आर्थिक वर्षमा ३६ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड ४८ लाख रुपैयाँ कमाएको थियो । बुधबार बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तिय विबरण अनुसार खरावकर्जा २.७० प्रतिशत रहेको छ ।ncc bank
गत आर्थिक वर्षमा बैंकले २२ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८७ करोड ३१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष बैंकले २१ अर्ब ६५ करोड १२ लाख रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब १ करोड ३८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले असार मसान्तसम्ममा अनिवार्य रुपमा दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउनु दिएको निर्देशन पालना नभएकाले बैंक राष्ट्र बैंकको कारवाहीमा पर्ने भएको छ । बैंकले चुक्तापुँजी नपुर्याएका कारण लगानीकर्ताहरुको लागि नगद लाभांस वितरण गर्न भने पाउने छैन ।

बैंकले नाफाबाट सेयर लाभांस दिने सम्भावना रहेको छ ।

सञ्चालक समितिमा भएको विवादका सुल्झाउन तीन महिना अघि बैंकको सञ्चालक समिति र व्यवस्थापनमा हस्तक्षेप गरी राष्ट्र बैंकले पठाएको व्यवस्थापन समूहले बैंकको सुधार गरिरहेको छ ।

राष्ट्र बैंकको व्यवस्थापनका पुँजी पुर्याउन नसकेको एनसीसीलाई मर्जरमा लैजाने तयारीसमेत गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ