वि.सं. २०८१ मंसिर १९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी प्रतिवेदन कार्यान्वयनका लागि सरकारको निर्देशन

अर्थटुडे
२०८१ आश्विन २, बुधबार

काठमाडौं । सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै सम्बन्धीत मन्त्रालयमा समेत पठाएको छ ।

मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिवेदन सिधै मन्त्रालयमा पठाउने र सम्बन्धीत मन्त्रालयले नै आवश्यक कारबाही गर्ने बताएका बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिएका छन् ।

सहकारी छानबिन समितिले सोमबार संसदमा आफ्नो प्रतिवेदन पेश गरेको थियो, जसलाई सभामुखले आवश्यक कारबाहीका लागि सरकारसमक्ष पठाउन निर्देशन दिएका थिए ।
सोही अनुसार मन्त्रीपरिषद्को बैठकले सम्बन्धीत मन्त्रालयलाई आवश्यक कारबाही गर्नका लागि निर्देशन दिएको हो ।

संसदीय विशेष समितिले सूर्य दर्शन, सुप्रिम लगायतका सहकारीको रकम गोर्खा मिडियामा अपचालन भएको निष्कर्षसहित जीबी राई, कुमार रम्तेलर, रवी लामिछाने र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ