वि.सं. २०८१ माघ १०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आफू अनुकुल प्रचार हुन थालेपछि समितिले सार्वजनिक गर्यो सहकारी प्रतिवेदन

अर्थटुडे
२०८१ आश्विन ४, शुक्रबार

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी विषेष छानविन समितिले प्रतिनिधिसभामा पेश गरेको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिनिधिसभाले शुक्रबार आफ्नो वेवसाइट मार्फत प्रतिवेदन सार्वजनिक गरेको हो । सो प्रतिवेदन अनुसार पुर्व उपप्रधान तथा गृहमन्त्री रवी लामिछाने दोषी भएकोले कारबाही गर्नुपर्ने भन्दै सरकारलाई सुझाव दिएको छ ।

लामिछाने प्रबन्ध निर्देशक हुदा गोर्खा मिडिया नेटवर्कमा विभिन्न पाँचवटा सहकारी संस्थाबाट ल्याएको रकम खर्च गरेको र सो कम्पनीमा लामिछानेको पनि १५ प्रतिशत शेयर रहेकोले उनीपनि कारबाहीको भागिदार हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनका विषयमा विभिन्न संचार माध्यममा आएका कुराहरुलाई आफू अनुकुल प्रचार प्रसार गरी सत्यतथ्य मोड्न थालिएपछि प्रतिनिधिसभाले आफ्नो वेवसाइड मार्फत पुरै प्रतिवेदन सार्वजनिक गरेको हो ।

गत भदौ ३१ गते प्रतिनिधिसभामा समितिका सभापति सुर्यबहादुर थापाले प्रतिवेदन पेश गरेका थिए । पेश भएको प्रतिवेदन सभामुख देवराज घिमिरेले सोही दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । भदौ २ गतेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ। प्रतिवेदन ११२४ पेजको छ।

पुरा प्रतिवेदन हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ