वि.सं. २०८१ मंसिर १८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बीमा कम्पनीमा अबौंको दावी पर्ने अनुमान, दावी भुक्तानी फास्ट ट्र्याकबाट

अर्थटुडे
२०८१ आश्विन १४, सोमबार

काठमाडौं । बीमा कम्पनीहरुले बाढी पहिरोको कारण भएको जनधनको क्षतिमा बीमाको दावी भुक्तानी फास्ट ट्र्याकबाट गर्ने भएका छन् । आईतबार नेपाल बीमा प्राधिकरणमा भएको छलफलमा दाबी भुक्तानीका प्रक्रियालाई सरल बनाउने र भुक्तानी छिटो गर्ने सहमति भएको उनीहरुले जनाएका छन् ।

प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले छिटो भुक्तानी दिनका लागि दावी कम्पनीहरुलाई निर्देशन दिइएको बताए । ‘बीमा कम्पनीहरूले दाबी भुक्तानी दिँदैनन् भन्ने भ्रमलाई हटाउन पनि छिटो भुक्तानी दिनुपर्छ’ छलफलमा उनले भने, ‘भुक्तानीको प्रक्रियालाई सहजिकरण गर्न प्राधिकरणले आवश्यक सहयोग गर्छ ।’ यसका लागि दाबी भुक्तानीका लागि आवश्यक पर्ने कागजातहरूमध्ये प्रहरी प्रतिवेदन र सम्बन्धित निकायको सिफारिश लगायतका कागजातहरू आवश्यक नपर्ने व्यवस्थाका गर्न र सर्भेयरहरूलाई तोकिएकै समय सीमाभित्र प्रतिवेदन पेश गर्न निर्देशन जारी गर्ने उनले बताए ।

बाढी र पहिरोको कारण क्षति भएका जलविद्युत कम्पनी, गोदाम, पसल, मोटर, मोटरसाइकल सम्बन्धी बीमा दाबीहरू कम्पनीमा आउन थालेको छ । बाढी पहिरोबाट धेरै भौतिक क्षति भएकाले त्यसमा बढी दावी आउने अनुमान गरिएको छ ।

बीमा कम्पनीहरुले घरटहरा, कृषि तथा पशुपन्क्षी, हाइड्रो प्रोजेक्ट, सवारीसाधानको धेरै क्षति भएकाले त्यसैको बढी दावी पर्ने अनुमान गरेका छन् । बाढी पहिरोबाट सडक, पुल, सार्वजनिक भवनको समेत क्षति भएपनि त्यसको भने बीमा भने छैन ।

बीमा भएको क्षेत्रमध्ये हाइड्रोपावर प्रोजेक्ट, सवारीसाधान, कृषि तथा पशुपन्छी र व्यक्तिगत घरको क्षतिमा अवौं रकम बराबरको दावी पर्ने कम्पनीहरुको अनुमान गरेका छन् ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ