वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बजारबाट एक खर्ब उठाउदै राष्ट्र बैंक

अर्थटुडे
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । वित्तीय प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले विहिबार बैंक तथा वित्तीय संस्थाबाट एक खर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले निक्षेप बोलकबोल उपकरणबाट उक्त तरलता उठाउन लागेको हो ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बालकबोल गर्न सक्ने व्यवस्था छ । इच्छुक ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौसम्ममा निक्षेप संकलन बोलकबोलमार्फत ४ खर्ब २४ अर्ब ७५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६२ खर्ब ७० अर्ब ४० करोड गरी कुल ६६ खर्ब ९५ अर्ब १५ करोड रुपैयाँ तरलता प्रशोचन गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ