वि.सं. २०८१ माघ १
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

रेमिट्यान्स कम्पनीको सव–एजेण्ट बनाउने व्यवस्थामा कडाइ

अर्थटुडे
२०८१ कार्तिक १, बिहीबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुले सव–एजेण्ट बनाउने प्रावधानमा कडाइ गरेको छ । नयाँ व्यवस्थाअनुसार रेमिट्यान्स कम्पनीले बाहेक अन्यले सव–एजेण्ट/सव–रिप्रिजेन्टेटिभ नियुक्त गर्न नपाउने भएका छन् ।

‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९ बमोजिम इजाजतपत्रप्राप्त रेमिट्यान्स कम्पनीले बाहेक अन्यले सव–एजेण्ट÷सव/रिप्रिजेन्टेटिभ नियुक्त गर्न सक्ने छैनन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘रेमिट्यान्स कम्पनी र सव–एजेण्ट/सव–रिप्रिजेन्टेटिभबीचमा अन्य तह वा संरचना बनाउन पाइने छैन ।’

कम्पनीले नियुक्त गरेको सव एजेन्टले पनि पुनः सव एजेन्ट अथवा प्रतिनिधि बनाउने क्रम बढेकाले त्यसलाई रोक्न राष्ट्र बैंकले यो व्यवस्था गरेको हो ।

रेमिट्यान्स भुक्तानीमा समस्या बढ्दै गएपछि राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ