वि.सं. २०८१ कार्तिक २१
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१९५ देशका प्रहरीले खोज्नेछन् कांग्रेस उपसभापति धनराजकी श्रीमति, रेड कर्नर नोटिस जारी गर्दै प्रहरी 

अर्थटुडे
२०८१ कार्तिक ६, मंगलवार

काठमाडौं । नेपाली कांग्रसका उपसभापति एवं पुर्व कानुनमन्त्री धनराज गुरुङकी पुर्वपत्नी ज्योति गुरुङलाई खोज्न अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिइने भएको छ । प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा अनियमितता प्रकरणमा छानविन गर्नका लागि ज्योति गुरुङको खोजी गर्न लागेको हो ।

सिआइवीले प्रहरी प्रधान कार्यालयलाई गुरुङ विरुद्ध रेडकर्नर नोटिस जारी गर्न आग्रह गर्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको पाइएको छ । गुरुङसँगै ज्योतिबहादुर भण्डारीलाई पनि रेडकर्नर रोटिस जारी गर्न लागिएको हो । सिआइवीका अनुसार अनुसन्धानका क्रममा उनीहरु विदेशमा भएको आशंकासहित इन्टरपोलमा रेडकर्नर नोटिस जारी गर्न सिफारिस गरिएको हो ।

सीआईबीको पत्रका आधारमा अब प्रहरी प्रधान कार्यालयमा रहेको इन्टरपोलको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) ले रेड नोटिस जारी गर्न इन्टरपोलको मुख्यालयलाई पत्र लेख्नेछ ।
इन्टरपोलबाट नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

सहकारी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीमा ऋण तिरेको पाइएको छ ।
प्रहरीका अनुसार, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको छ  सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यो सहकारीबारे अनुसन्धान थालेको थियो ।

सहकारीका अध्यक्ष कुम्भराज गुरुङले गत जेठ ६ गते संस्थाकी महाप्रबन्धक रहेकी गुरुङले १२ करोड ५० लाख (व्याज सहित १४ करोड ८१ लाख) रुपैयाँ हिनाविना गरेको भन्दै प्रहरीकोमा उजुरी दिएका थिए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ