काठमाडौं । बीमा कम्पनीहरुमा बीमालेख नविकरण गर्ने क्रम घट्दै गएको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै विमीतहरुले प्रिमियम तिर्न नसक्दा निश्कृय बीमालेखको संख्या बढ्दै गएको हो ।
नेपाल बीमा प्राधिकरणका अनुसार बीमालेख नविकरण नहुँदा गत वर्षको तुलनामा कम्पनीहरुको नविकरणवापत संकलन हुने बीमशुल्क घट्न थालेको छ । जसको कारण बीमा कम्पनीहरुको समग्र व्यवसायमा पनि विस्तार हुन सकेको छैन
प्राधिकरणका अनुसार गत आवको असोजसम्मको तुलनामा चालु आवको असोजसम्ममा जिवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क संकलन २१.४६ प्रतिशतले बृद्धि हुँदा नविकरण शुल्क भने ३ . ४ प्रतिशतले घटेको छ ।
असोजसम्ममा लघु बाहेकका १४ ओटा जीवन बीमा कम्पनीहरुले नयाँ बीमालेख बिक्री तथा नविकरणबाट ४१ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बीमाशुल्क संकलन 0.६८ प्रतिशतले मात्र बृद्धि हो ।
कम्पनीहरुले ८ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गर्दा नविकरणबाट ३२ अर्ब ९२ करोड रुपैयाँ उठाएका छन् । गत आवको यसै अवधिमा ६ अर्ब ७१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्दा नविकरणबाट भने ३४ अर्ब ८ करोड रुपैयाँ उठाएका थिए ।
असोजसम्ममा सबैभन्दा बढी बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्सले ११ अर्ब ९ करोड रुपैयाँ उठाएको छ । यसैगरी सबैभन्दा कम बीमाशुल्क संकलन सन नेपाल लाइफ इन्स्योरेन्सले ९३ करोड २७ लाख उठाएका छ । गत वषको असोजसम्मको तुलनामा राष्ट्रिय बीमा कम्पनीको ६५ .३५ प्रतिशतले बीमाशुल्क संकलन घट्दा हिमालयन लाइफ इन्स्योरेन्समा पनि १.५७ प्रतिशतले घटेको छ ।
बीमा कम्पनीहरुले आर्थिक वर्षको असोजसम्म गरेको व्यवसायको अवस्था
प्रतिक्रिया