वि.सं. २०८१ मंसिर २०
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्रका आधारमा

अर्थटुडे
२०८१ कार्तिक २१, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ग्राहक पहिचान अब राष्ट्रिय परिचयपत्रका आधारमा हुने भएको छ । सरकारले सम्पति शुद्धिकरण निवारण नियमावली–२०८१ जारी गर्दै सूचक संस्थाहरुले ग्राहक पहिचाहनका लागि सरकारले नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र जारी गर्दा राखेको विद्युतिय अभिलेख प्रयोग गर्न सक्ने व्यवस्था गरेको हो ।

यो प्रावधानपछि अब बैंक वित्तीय संस्थाहरुले ग्राहकहरुको पहिचानका लागि नागरिकता र राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गर्न सक्ने बाटो खुलेको छ । यसका लागि राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको मोवाईल नम्बरका आधारमा प्रयोग गनुएपर्नेछ । यस्तै सूचना प्रयोग गर्नका उक्त प्रणालीमा सूचक संस्थाको पहुँच लागि सम्बन्धित व्यक्तिको सहमति भने आवश्यक पर्नेछ । यस्तो सूचनामा ग्राहकको हस्ताक्षर वा विद्युतिय ल्याप्चे लगाएर राख्नुपर्ने प्रावधान नियमावलीमा छ ।

राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक, वित्तीय संस्था तथा अन्य भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्रप्राप्त संस्थाहरुबीच ग्राहकको सूचना आदानप्रदान गर्ने कार्यलाई सहज बनाउन र सरकारले जारी गरिरहेको राष्ट्रिय परिचयपत्र समेतलाई केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध हुने गरी केन्द्रीय ग्राहक पहिचान प्रणालीको निर्माण तथा कार्यान्वयन गर्ने घोषणा गरेको थियो । तर, हालसम्म उक्त प्रणाली निर्माण हुन सकेको छैन ।

सम्पति शुद्धिकरण नियमावलीमा ग्राहक पहिचान गर्न राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गर्न पाउने व्यवस्था भएपछि बैंकहरुका लागि केन्द्रीय ग्राहक पहिचान प्रणाली बनाउने बाटो खुल्ला भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ