वि.सं. २०८१ मंसिर २९
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ब्रोकर कम्पनीका दुई एसोसिएसन भए एक,स्टक ब्रोकर्स एशोसिएसनको नामबाट कारोबार हुने

अर्थटुडे
२०८१ कार्तिक २८, बुधबार

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीहरूको दुईओटा संगठन एक भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल एक भएका हुन । यी दुई एसोसिएसनले कात्तिक २८ गते एक कार्यक्रमको आयोजना गर्दै एक हुने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् ।

चार बुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै दुई ब्रोकर एसोसिएसन आजबाट एक भएका हुन । ३१ वर्षको लामो ईतिहास बोको स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको साझा व्यवसायिक संघको रुपमा अघि बढाउने सम्झौता पत्रमा उल्लेख छ ।

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपालले एक मुष्ट रुपमा सदस्यता दिने, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंकको रुपमा अगाडी बढाउनुका साथै दुबै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायीहरुलाई स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको सदस्यता लिन आव्हान तथा सहजीकरण गरिने बुँदा पनि सम्झौता पत्रमा समेटिएको छ । सुरुका दिनमा नमिल्ने मनसायले छुट्टै संघ खोलेर अघि बढेका नयाँ ब्रोकरहरु पुरानोमै जोडिएर व्यवसायिक संघको रुपमा अघि बढ्न लागेका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ