वि.सं. २०८१ फाल्गुन ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कन्ट्री रेटिङमा नेपाललाई ‘बीबी माइनस’ रेटिङ

अर्थटुडे
२०८१ मंसिर ७, शुक्रबार

काठमाडौं । नेपालले देशको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) मा बीबी माइनस रेटिङ प्राप्त गरेको छ । अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ फिचले विहिबार रेटिङ सार्वजनिक गर्दै राजनीति अस्थीरता र संक्रमणका बीच आर्थिक सुधारको क्षेत्रमा नेपालले महत्त्वपूर्ण कदम चाल्दै गएका कारण अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनमा नेपालमा सन् २०१४ को शुरुवातदेखि आठओटा सरकार परिवर्तनहरू भएको र बारम्बार सत्ता संघर्ष र राजनीतिक गठबन्धन परिवर्तनले दीर्घकालीन नीति निर्माण र विकास योजनालाई कमजोर पारेको बताइएको छ । सरकार परिवर्तन भएकै कारण केन्द्रीय बैंक संचालनमा समेत प्रभाव परिरहेको फिचले क्रेडिट रेटिङमा उल्लेख छ ।
नेपालको सरकारी ऋण कुल गार्हस्थ्य उत्पादनको ४४ प्रतिशत रहेको र जुन अन्तर्राष्ट्रिय मापदण्डभन्दा कम रहेको, बाह्य ऋणको करिब ४० प्रतिशत अति सहुलियत दरमा रहेको र जसले देशको वित्तीय स्थितिलाई थप मजबुत बनाएको बताइएको छ ।

यसैगरी २००६ मा सशस्त्र द्वन्द्वको अन्त्य र त्यसपछिको राजनीतिक सङ्क्रमणपछि पनि नेपालमा सुधार आइरहेको भए पनि नेपालको अर्थतन्त्रमा दर्जनौं चुनौतीहरू प्रतिवेदनले देखाइएको छ ।

कुनै देशको अनुरोधमा क्रेडिट रेटिङ एजेन्सीले त्यो मुलुकको आर्थिक तथा राजनीतिक वातावरणको स्वतन्त्र मूल्यांकन गर्छ र त्यसलाई रेटिङ प्रदान गर्छ । त्यति मात्रै होइन, विदेशी लगानीकर्ताहरुले कुनै मुलुकमा लगानी गर्नु कत्तिको सुरक्षित छ भनेर मूल्यांकन गर्न त्यो मुलुकको कन्ट्री रेटिङलाई हेर्ने गर्छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ